बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश र १ न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान


    हुलाक प्रेस

    • आइतबार, असार १ २०८२११:४१
    सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश र १ न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान

    काठमाडौँ । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस भएका तीन न्यायाधीश र न्याय परिषद्‍मा सिफारिस एकजना सदस्यमा उजुरी आह्वान गरेको छ। 

    समितिले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाका सम्बन्धमा कुनै सूचना वा उजुरी भए दिनको लागि आह्वान गरेको हो। 

    त्यसैगरि न्याय परिषद्को सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता महेश नेपालका सम्बन्धमा पनि कुनै उजुरी भए दिन समितिले आह्वान गरेको छ। 

    ‘उनीहरुलाई ती पदमा नियुक्ति गर्न उपर्युक्त छैन भने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र सूचना वा उजुरी दिने जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ समितिले आइतबार जारी गरेको सूचनामा भनिएको छ। 

    गएको जेठ २७ गते न्याय परिषद्ले पोखरेल, पौडेल र थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। 

    संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ। 


    प्रतिक्रिया दिनुहोस