शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको शव फेला


    हुलाक प्रेस

    • आइतबार, असार १ २०८२०३:१२
    काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको शव फेला

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले दुईजनाको शव फेला पारेको छ । 

    बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुईतले घरभित्र धादिङ बैरेनीकी अन्जना पाख्रिन र एकजना भारतीय नागरिक परम नारायण गिलको शव फेला परेको काठमाडौं प्रहरीका एसपी अपिल बोहोराले जानकारी दिए ।

    सुनीता सिंह ठकुरीको घरमा बस्दै आएका उनीहरुको शव शुक्रबार राति पौने १० बजेतिर फेला परेको थियो ।

    धादिङकी पाख्रिन भारतीय नागरिक गिलले नै सञ्चालन गर्दै आएको प्रेसमा काम गर्ने गरेको पाइएको छ । 

    कोठाभित्र अन्जना र परम नारायण दुबै जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्जनाको शव सोफामा फेला परेको र उनको टाउकोमा चोट देखिएको थियो ।

    शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगएिको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको । 


    प्रतिक्रिया दिनुहोस