शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले निकट वकिलहरूको सङगठन पिपिएलएको अध्यक्षमा अमर थापा विजयी


    हुलाक प्रेस

    • सोमबार, असार २ २०८२१२:१५
    एमाले निकट वकिलहरूको सङगठन पिपिएलएको अध्यक्षमा अमर थापा विजयी

    काठमाडौँ । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् । उनले २५६ मत प्राप्त गरी आफ्ना प्रतिद्वन्द्वी ओमप्रसाद थपलियालाई २१३ मतमा सीमित गर्दै अध्यक्ष पदमा बाजी मारेका हुन् ।

    संगठनको खुला उपाध्यक्षमा भिमसेन बन्जरा निर्विरोध निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा यसोदा देवी खरेलले ३०५ मतसहित जित हासिल गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी हिमा देवी बस्नेतले १५२ मत प्राप्त गरिन् ।

    महासचिव पदमा भुवन प्रसाद निरौला १६३ मतका साथ विजयी भएका छन् । यस पदमा चूडामणि पौडेलले ७४ मत, शिव अर्यालले ११६ मत, देवी प्रसाद भट्टराईले ८३ मत र शान्तिराम खतिवडाले २७ मत पाएका थिए ।

    त्यसैगरी, उपमहासचिवमा बाबुराम राई २१७ मतका साथ विजयी भएका छन् । यस पदका अन्य उम्मेदवार बालकृष्ण आचार्यले १२१ मत र सहकुल खत्रीले ११८ मत प्राप्त गरेका थिए ।

    खुला सचिव पदमा युवक कुमार गौतम १३९ मतसहित विजयी भएका छन् भने मुकुन्द प्रसाद अधिकारी १३१ मतका साथ निर्वाचित भएका छन् । अधिकारी र हरिप्रसाद मैनालीको समान १३१ मत आएपछि गोलाप्रथाबाट अधिकारी विजयी भएका हुन् ।
     
    महिला सचिव पदमा अनिता गुरुङ २२७ मतका साथ विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी राधिका खतिवडाले २२२ मत प्राप्त गरिन् ।


    प्रतिक्रिया दिनुहोस