शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला


    हुलाक प्रेस

    • सोमबार, असार २ २०८२१२:१७
    विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

    काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका-७ धरधरेस्थित सडक छेउमा सोही नगरपालिका-१ कटहरे बस्ने २५ वर्षीय दिपेश कट्वाल आइतबार मृत अवस्थामा फेला परेका छन् । 

    यसैगरी डोटीको के.आई.सिंह गाउँपालिका-३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

    बाँकेको नेपालगंज उपमहानगरपालिका-१० औद्योगिक क्षेत्रस्थित सडकमा पनि  अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

    यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँ बस्ने ७५ वर्षीय जगलाल चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 


    प्रतिक्रिया दिनुहोस