शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ग्वार्को ओभरपासको शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने


    हुलाक प्रेस

    • सोमबार, असार २ २०८२१२:३६
    ग्वार्को ओभरपासको शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

    काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित ओभरपास चार दिनपछि सवारीसाधन चल्ने भएका छन् ।

    ओभरपासको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए । 

    यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएका थिए । 

    मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो । रासस


    प्रतिक्रिया दिनुहोस