शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • फेसबुकमा 'सुसाइड नोट' लेखेर सम्पर्कविहिन भएका डाक्टर बालाजुमा भेटिए


    हुलाक प्रेस

    • सोमबार, असार २ २०८२०३:४२
    फेसबुकमा 'सुसाइड नोट' लेखेर सम्पर्कविहिन भएका डाक्टर बालाजुमा भेटिए

    काठमाडौँ । । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठलाई बालाजुबाट प्रहरीले उद्धार गरेको छ । 

    उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको हो । 

    जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा अलविदा भन्दै लामो स्टाटस लेखेर सम्पर्कविहिन भएका थिए ।

    घरबाट हिँडेपछि उनले मोबाइल फोन स्वीच अफ गरेका थिए । सामाजिक सञ्जालमा उनको स्टाटस देखिएपछि प्रहरीले श्रेष्ठको खोजी सुरु गरेको थियो । 
    उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए । 


    प्रतिक्रिया दिनुहोस