शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • वर्षासँगै राजमार्गका यी ६ स्थानमा सडक अवरुद्ध


    हुलाक प्रेस

    • मंगलबार, असार ३ २०८२१०:३९
    वर्षासँगै राजमार्गका यी ६ स्थानमा सडक अवरुद्ध

    काठमाडौं । वर्षापछिको बाढीपहिरोका कारण मंगलबार (असार ३) विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ । यसकारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले जानकारी दिए ।

    प्रहरी प्रधान कार्यालयका अनुसार, ललितपुरको वाग्मती गाउँपालिका–३, छपेलीमा पहिरो खस्दा मंगलबार बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ ।

    यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा तीन ठाउँमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका–२, कोदारी, वडा नम्बर–३, लार्चा र भोटेकोसी–२ कै कोप्लाङमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलाको बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

    गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।जुम्लाको सिंजामा पहिरो खस्दा बन्द भएको जुम्ला–मुगु सडक एकतर्फी खुलाइएको छ ।

    पहिरोकै कारण बन्द भएको धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित रवि–राके–भेडेटार सडक पनि एकतर्फी खुलाइएको छ ।

    अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस