शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीको स्पेन भ्रमणका कारण त्रिविको सिनेट असार २२ गतेलाई सर्यो


    हुलाक प्रेस

    • मंगलबार, असार ३ २०८२११:४२
    प्रधानमन्त्रीको स्पेन भ्रमणका कारण त्रिविको सिनेट असार २२ गतेलाई सर्यो

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा असार २२ मा बस्ने भएको छ ।

    त्रिविका उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दिविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले कुलपति केपी ओलीलाई भेटेर सभाको समय तय गरेका हुन् .

    ‘सभामा नीति तथा कार्यक्रम र बजेट पेस हुन्छ । कुलपतिलाई पनि जानकारी गराएका छौं’, उपकुलपति केसीले भने ।

    असार २० मा त्रिविको वार्षिकोत्सव हो । तर, प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने कार्यक्रम तय भएकाले २२ गतेलाई सभा राख्ने निर्णय भएको हो ।


    प्रतिक्रिया दिनुहोस