शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • यातायात कार्यालय पर्साका अधिकृत गौतमविरुद्ध मुद्दा, साढे दुई करोड बिगो दाबी


    हुलाक प्रेस

    • मंगलबार, असार ३ २०८२०४:५९
    यातायात कार्यालय पर्साका अधिकृत गौतमविरुद्ध मुद्दा, साढे दुई करोड बिगो दाबी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत कमलराज गौतमविरुद्ध मंगलबार (असार ३) विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    आठौँ तहमा कार्यरत गौतमले पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।

    गौतमले सार्वजनिक पद धारण गरेको मिति ०५५ वैशाख ७ देखि ०७९ चैत २४ गतेसम्म उनी र उनकी श्रीमती सरला नेपालको सम्पत्ति परीक्षण गर्दा कुल दुई करोड ८९ लाख २० हजार रुपैयाँ मात्र वैधानिक आम्दानी हुने देखिएको अख्तियारको दाबी छ ।

    त्यस अवधिमा उनले आर्जन गरेको मध्ये दुई अर्ब ५१ करोड ७८ लाख रुपैयाँ आम्दानीको स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ । गैरकानुनी रूपमा आर्जित रकमबराबरको सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।

    सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा आर्जित स्रोत नखुलेको धनबाट गौतमले सरलाका नाममा खरिद गरी राखेको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ । सरलालाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस