शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा


    हुलाक प्रेस

    • मंगलबार, असार ३ २०८२०५:३१
    गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा

    काठमाडौँ । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो । 

    सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र ५ उपसचिव छन् । गृहले गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरिएको छ । त्यस्तै सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई पठाइएको छ ।

    cdo saruwa1.jpg
    cdo saruwa.jpg


    प्रतिक्रिया दिनुहोस