बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चिनिया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता


    हुलाक प्रेस

    • बुधबार, पुस ४ २०८००५:११
    चिनिया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता
    तस्वीर : सिन्ह्वा

    बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा  रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् । 

    चालु बर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले  दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहवीच विभिन्न व्यापारिक सहयोग भएको बताएका छन् । 

    यस बर्षमा चीन तथा रूसबीचको द्धिपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ ।

    यसै सन्दर्भमा उनले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुबै देशका जनताको हितमा छनोट भएको बताएका छन् । 

    चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउदै राष्ट्रपति सीले आगामी बर्ष चीन रूसको कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ औँ बार्षिकोत्सवलाई नयाँ बिन्दुमा पु¥याउने विश्वास व्यक्त गरे । 

    (रासस/सिन्ह्वा)


    प्रतिक्रिया दिनुहोस