शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ


    हुलाक प्रेस

    • बुधबार, असार ४ २०८२१२:२२
    कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ

     काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । 

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठकुरीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । 

    उनलाई केही दिन नेपालगञ्जबाट पक्राउ गरिएको खड्काले बताए । 

    कर्णाली विकास बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । 

    यस प्रकरणमा २ अर्ब ५० करोडभन्दा बढी हिनामिना भएको आरोप लागेको छ । 


    प्रतिक्रिया दिनुहोस