शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ


    हुलाक प्रेस

    • बुधबार, असार ४ २०८२०२:१४
    एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजना भारतीय महिला पक्राउ परेकी छन् । दुबईबाट बुधबार बिहान काठमाडौं आएकी भारतीय महिला खेमनीमीना सुर्जित सिंह पक्राउ परेकी हुन् ।

    विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनको साथबाट प्रहरीले ११ सय ६० ग्राम सुन बरामद गरेको छ । विमानस्थल प्रहरीले आशंका लागेर जाँच गर्दा सुन भेटिएको हो ।

    उनी एयर अरबियामार्फत काठमाडौं आएकी थिइन् । उनले लिक्युड बनाएर सुन ल्याएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस