शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बेँसीसहर–चामे सडक अवरुद्ध


    हुलाक प्रेस

    • शुक्रबार, असार ६ २०८२१२:४७
    बेँसीसहर–चामे सडक अवरुद्ध

    लमजुङ । मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ ।

    यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ मा आज बिहान पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।  

    कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, “ठूलाठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् ।” पहिरो ठूलो भएकाले खुलाउन समय लाग्ने उहाँको भनाइ छ । सो स्थान नजिक यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको थियो । 

    त्यस्तै लमजुङ–मनाङको सिमाना नजिक म्यार्दी भिर नजिक सडकमा दुई वटा ट्रक बिग्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ । अहिले सडकमा यातायात सञ्चालनको प्रयास भइरहेको छ । सडक अवरुद्ध भएपछि गन्तव्यमा समयमा पुग्नुपर्ने यात्रुहरुलाई बढी समस्या भएको छ ।  
    रासस


    प्रतिक्रिया दिनुहोस