काठमाडौं । आजदेखि ग्वार्कोको ओभरपास सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट शुक्रबार ग्वार्कोमा निर्माण भएको ओभरपासको उद्घाटन गराएका हुन् ।
प्रधानमन्त्री ओलीले ग्वार्कोमा शुक्रबार उद्घाटन गरेपछि यस्ता ओभरपास उपत्यकाका अन्य ठाउँमा पनि बनाउने घोषणा गरेका छन् ।
‘सामान्य रुपमा होइन देशले गति लिन लागेको रुपमा हामीले हेरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘चक्रपथ विस्तार गर्ने कुरामा पनि हामी लागेका छौं । यस्तै फ्लाइओभर र ओभरपास अन्य ठाउँमा बनाइन्छ ।’
यसको ठेक्का आशिष समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।
ग्वार्कोमा ओभरपास सञ्चालनमा आएपछि यो ठाउँमा लामो समय जाममा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।