शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिविका १० थरी सेवा असार १५ देखि अनलाइनबाटै


    हुलाक प्रेस

    • शुक्रबार, असार ६ २०८२०६:३०
    त्रिविका १० थरी सेवा असार १५ देखि अनलाइनबाटै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले असार १५ गतेदेखि ट्रान्सक्रिप्ट र मार्कसिटसहितका १० वटा सेवा अनलाइनबाटै उपलब्ध हुने जानकारी दिएको छ ।

    त्रिवि परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिएको हो । अनलाइन भुक्तानी सहितका सेवाहरू सफलतापूर्वक परीक्षण समेत भइसकेकोले मिति २०८२ असार १५ गतेदेखि निम्न बमोजिमका सेवाहरु विद्यार्थीको आफ्नै अनलाइन पटलबाट भरेर अनलाइनमाध्यामबाट प्राप्त गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

    जसमा त्रिवि रजिष्ट्रेसन आवेदन फाराम,परीक्षा आवेदन फाराम, ट्रान्सक्रिप्ट आवेदन फाराम, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पूर्नयोगका लागि आवेदन फाराम, शैक्षिक कागजातमा नाम/थर/रजिष्ट्रेसन लगायत सच्चाउने फाराम, विभिन्न सिफारिस पत्रहरू, प्रमाणपत्रहरुको प्रमाणीकरण र प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट रहेका छन् ।

    वार्षिक पाँच लाख विद्यार्थीहरूलाई लब्धाङ्कपत्र, ट्रान्सक्रिप्ट मूल प्रमाणपत्र, रजिष्ट्रेसन, माइग्रेसन लगायतका उपरोक्त १० प्रकारका सेवाहरू उपलब्ध गराउँदै आइरहेको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट पारेको छ ।

    त्रिविले शैक्षिक क्यालेण्डर लागू गरी परीक्षा प्रणालीलाई व्यवस्थित गर्दै समयमै नजिता प्रकाशन गर्ने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गर्दै फलस्वरुप हाल समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन भइरहेको जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस