बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायली आक्रमण नरोकिएसम्म वार्ता नगर्ने इरानको घोषणा


    हुलाक प्रेस

    • शनिबार, असार ७ २०८२१०:१७
    इजरायली आक्रमण नरोकिएसम्म वार्ता नगर्ने इरानको घोषणा

    काठमाडौँ । इरानले आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु नगर्ने आफ्नो स्पष्ट अडान सार्वजानिक गरेको छ । उसले आफूमाथि भइरहेको आक्रमण नरोकिएसम्म वार्ताको कुनै सम्भावना नरहेको बताएको हो ।

    इजरायली रक्षा मन्त्रीले इरानसँग ‘लामो युद्ध’को चेतावनी दिएको केही घण्टापछि इरानले आफ्नो अडान सार्वजानिक गरेको हो ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले जेनेभामा युरोपेली कूटनीतिज्ञहरूसँग भेट गरेका थिए, जहाँ ती कूटनीतिज्ञहरूले उनलाई अमेरिका सँगको आणविक कूटनीति पुनः सुरु गर्न आग्रह गरेका थिए ।

    त्यही क्रममा, इजरायली विदेश मन्त्री ईयाल जामिरले एक भिडियो सन्देशमार्फत भनेका थिएकी ‘हामीलाई लामो अभियानका लागि तयार रहनुपर्छ’ र उनले थपेका थिएकी ‘अगाडिका दिनहरू थप मुस्किल हुनेछन् ।

    यसैबीच शुक्रबार रातभर पनि युद्ध जारी रह्यो। इजरायली सेनाले केन्द्रीय इजरायलतर्फ प्रक्षेपण गरिएका इरानी मिसाइलहरूपछि, इरानका मिसाइल भण्डारण तथा प्रक्षेपण स्थलहरूमा नयाँ लहरको आक्रमण सुरु गरेको घोषणा गरेको छ ।

    तेलअभिभ सहर नजिकै शक्तिशाली विस्फोटको आवाज सुनिएको छ । रिपोर्टहरूका अनुसार इजरायलको मध्य क्षेत्रमा खसेको बमको टुक्राले एक भवनमा आगलागी भएको छ ।

    विदेश मन्त्री अब्बासले फेरी एकपटक इरानको आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण भएको दाबी गरेका छन् । इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताउँदै उनले उनले इरानले आफ्नो वैध आत्मरक्षाको अधिकार प्रयोग गर्न जारी राख्ने स्पष्ट पारे ।

    अराघचीले थपे, ‘इरानको सुरक्षा क्षमताहरू कुनै हालतमा वार्ताको विषय बन्न सक्दैनन् ।’ अर्कोतर्फ, संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूतले ‘इरान सधैंको खतरा भएको बताए । उनले भने, ‘इजरायलले इरानका आणविक सुविधाहरू पूर्ण रूपमा नष्ट नगरेसम्म यो खतरा रहिरहने छ ।’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अधिकतम दुई हप्ताको समय दिएका छन्, सम्भावित अमेरिकी हवाई आक्रमण टार्नका लागि ।

    उनले भने, ‘म दुई हप्ताभन्दा बढी कुर्ने छैन, निर्णय त्यो भन्दा पहिले पनि आउन सक्छ ।’ ट्रम्पले अराघची र युरोपेली देशहरू (बेलायत, फ्रान्स, जर्मनी र युरोपेली संघ) बीचको वार्तालाई पनि बेवास्ता गर्दै भने, ‘इरान युरोपसँग होइन, हामीसँग कुरा गर्न चाहन्छ। युरोपबाट केही हुँदैन ।’


    प्रतिक्रिया दिनुहोस