तेल अभिभ । अमेरिकाले इरानका आणविक क्षेत्रहरूमा आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छन् ।
नेतन्याहुले भने, ‘राष्ट्रपति ट्रम्प र म प्राय: भन्छौँ — ‘शक्तिको माध्यमबाट शान्ति’ । पहिला शक्ति आउँछ, त्यसपछि मात्र शान्ति । आज राति, राष्ट्रपति ट्रम्प र संयुक्त राज्य अमेरिकाले अत्यन्त शक्तिशाली ढङ्गले काम गरे ।’
यसअघि नै अमेरिकी प्रशासनले इजरायललाई इरानमाथिको कारबाहीबारे जानकारी दिएको थियो । आक्रमणपछि प्रधानमन्त्री नेतन्याहु र राष्ट्रपति ट्रम्पबिच टेलिफोन संवादसमेत भएको जनाइएको छ ।
इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणको पुष्टि गरेको छ ।