शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुर्खेतबाट काठमाडौं हिड्दै आएका बोहराको प्रधानमन्त्रीसँग भेट, पवित्र भावका साथ अभियान सञ्चालन गर्न ओलीको सुझाव


    हुलाक प्रेस

    • आइतबार, असार ८ २०८२०५:४९
    सुर्खेतबाट काठमाडौं हिड्दै आएका बोहराको प्रधानमन्त्रीसँग भेट, पवित्र भावका साथ अभियान सञ्चालन गर्न ओलीको सुझाव
    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेका छन् । 
     
    कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुगेका थिए । 
     
    सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाएका हुन् ।
     
    बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए ।  
     
    प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई  धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे । 
     
    प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरु सुनाउन पाएकामा खुसी व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा नभएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताए । 


    प्रतिक्रिया दिनुहोस