शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    हुलाक प्रेस

    • सोमबार, असार ९ २०८२०५:३८
    प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सार्वजनिक सम्पत्ति हिनामिना गरेको दाबीसहित अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले तृप्ती शाही, प्रदेश अस्पताल सुर्खेतस्थित रहेको कुमारी बैंकको एक्स्टेन्सन काउन्टरको तत्कालीन इन्चार्ज गोमा सिंजाली मगरलाई पनि प्रतिवादी बनाएको छ ।

    अख्तियारले सुवेदीसँग २५ लाख ६७ हजार ५२६ रुपैयाँ, शाहीसँग २५ लाख ६७ हजार ५२६ रुपैयाँ र मगरसँग २४ लाख दुईहजार ९० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

    प्रदेश अस्पताल सुर्खेतमा सामाजिक सेवा एकाइ कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत कर्मचारी तृप्ती शाहीले बिलिङबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।


    प्रतिक्रिया दिनुहोस