बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यूएईले हवाइ क्षेत्र बन्द गर्‍यो, बहराइनमा बज्यो साइरन


    हुलाक प्रेस

    • सोमबार, असार ९ २०८२११:५८
    यूएईले हवाइ क्षेत्र बन्द गर्‍यो, बहराइनमा बज्यो साइरन

    काठमाडौँ । कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेलगत्तै अर्को खाडी मुलुक बहराइनमा पनि साइरन बजाइएको छ । बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालय छ ।

    त्यहाँको गृह मन्त्रालयले नागरिकहरुलाई नजिकको सुरक्षित स्थानमा बस्न आह्वान गरेको छ ।

    उता यूएईले आफ्नो हवाइ क्षेत्र बन्द गरेको छ । जसका कारण कयौँ विमानहरुलाई फर्किन बाध्य पारिएको छ । कुवेत र इराकले पनि हवाइ क्षेत्र बन्द गरेको जनाएका छन् । एजेन्सी


    प्रतिक्रिया दिनुहोस