बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कतारमा इरानी मिसाइल प्रहारपछि नेपाली दूतावासले के भन्यो ?


    हुलाक प्रेस

    • मंगलबार, असार १० २०८२१२:१०
    कतारमा इरानी मिसाइल प्रहारपछि नेपाली दूतावासले के भन्यो ?

    काठमाडौँ । कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि दोहास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

    दूतावासले सोमबार राति फेसबुकबाट एक सार्वजनिक सन्देश जारी गर्दै कतारमा रहेका नेपाली हरूलाई हालको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै शान्तिपूर्ण रूपमा यथास्थानमै रहन अपिल गरेको हो । साथै, दूतावासले कतार सरकारका आधिकारिक सूचना र निर्देशनहरूको पालना गर्न समेत अनुरोध गरेको छ ।

    राजदूतावासले भनेको छ, 'वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहनुहोस् र कतार सरकारको आधिकारिक सूचना तथा निर्देशन पालना गर्नुहोस् ।'

    सन्देशमा दूतावासले आफू सधैँ त्यहाँ रहेका नेपालीहरूको साथमा रहेको उल्लेख गर्दै आवश्यक परेको खण्डमा सम्पर्क गर्न सकिने समेत स्पष्ट पारेको छ ।

    कतारमा झण्डै ४ लाख नेपालीहरू विभिन्न पेशा तथा क्षेत्रमा कार्यरत छन् ।


    प्रतिक्रिया दिनुहोस