काठमाडौं । कतारले केही घण्टा बन्द गरेको हवाईमार्ग खुला गरेको छ ।
इरानले कतारमा मिसाइल आक्रमण गरेपछि अस्तव्यस्त बनेको जनजीवन सामान्य भएपछि कतारले बन्द गरेको हवाइमार्ग खुला गरेको हो ।
इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो ।
कतारले आफ्नो हवाइमार्ग बन्द गरेपछि त्यहाँ आउने यात्रु र कतारबाट अन्य देश जाने यात्रु अलपत्र परेका थिए ।
कतारमा अवस्था सामान्य बन्दै गएपछि मंगलबार मध्यरातबाट हवाइमार्ग पुन: खोलिएको कतार सरकारका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा टाइम्स अनलाइनले जनाएको छ ।