शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले सचिवालय बैठक बुधबार


    हुलाक प्रेस

    • मंगलबार, असार १० २०८२०३:५४
    एमाले सचिवालय बैठक बुधबार

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । 

    ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १  बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

    उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । 

    एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस