शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट


    हुलाक प्रेस

    • मंगलबार, असार १० २०८२०५:०६
    ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

    काठमाडौँ । ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३को लागि ७अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरेको छ । 

    महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । 

    चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार विनियोजन गरिएको छ। नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण,दिगो पूर्वाधार, हरियाली प्रर्वर्द्धन, पर्यावरण,आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर-घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगारलगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।


    प्रतिक्रिया दिनुहोस