शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ‘दृष्टि’ को समाचार यथास्थितिमा राख्न अदालतको आदेश, शम्भू श्रेष्ठलाई बयानमा बोलाइयो


    हुलाक प्रेस

    • मंगलबार, असार १० २०८२०५:१९
    ‘दृष्टि’ को समाचार यथास्थितिमा राख्न अदालतको आदेश, शम्भू श्रेष्ठलाई बयानमा बोलाइयो

    काठमाडौं । नेपालखवर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउने आदेशबाट पछि हटेको केही दिनमै विशेष अदालतले भने सञ्चार माध्यममा प्रकाशित समाचार यथावत अवस्थामा राख्न आदेश दिएको छ ।

    नवराज सापकोटा सहित दृष्टि न्यून अनलाइनलाई प्रतिवादी बनाएर विशेष अदालतमा दायर भएको मुद्दामा बिशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवरसहितको पुर्ण इजलासले यस्तो आदेश दिएको हो ।

    दृष्टि न्यून अनलाइनमा आइतबार मात्रै ‘विशेष अदालतमा विचौलियाको चलखेल हटेन, सेङिका मुद्दामा ३ महिनामै सफाई’ शिर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर रिट दायर भएको थियो । बिशेष अदालतको पुर्ण इजलासले  अनलाइनका सम्पादक शम्भुलाल श्रेष्ठ, एमपी सुब्बा र सम्वन्धित समाचार लेख्ने सम्बाददातालाई ३ दिनभित्र स्ययम अदालतमा बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।

    साथै अदालतबाट अर्को आदेश नभएसम्म दृष्टि न्यून अनलाइनमा असार ८ मा प्रकाशित उक्त समाचार सामग्र जे–जस्तो अवस्थामा छ, त्यसै अवस्थामा राख्न, उक्त सामग्री नहटाउन, परिवर्तन तथा परिमार्जन नगर्न पनि आदेश दिएको छ ।


    प्रतिक्रिया दिनुहोस