शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • विशेष अदालतको कठघरामा माधव नेपाल, बयान सुरु


    हुलाक प्रेस

    • बुधबार, असार ११ २०८२११:३९
    विशेष अदालतको कठघरामा माधव नेपाल, बयान सुरु

    काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका नेपालको इजलास नम्बर २ मा बयान सुरु भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहितविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    ०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।


    प्रतिक्रिया दिनुहोस