शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बजेट ल्याउन बालेनलाई समितिको ध्यानाकर्षण पत्र


    हुलाक प्रेस

    • बुधबार, असार ११ २०८२१२:४६
    बजेट ल्याउन बालेनलाई समितिको ध्यानाकर्षण पत्र

    काठमाडौं । बजेट तर्जुमा समितिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ध्यानाकर्षण पत्र पठाएको छ । समितिले तोकिएको समयसीमाभित्र बजेट ल्याउन नसकेको र छिटो कार्यपालिका बैठक बोलाउन ध्यानाकर्षण पत्र पठाएको हो ।

    “काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठक लामो समयदेखि बस्न सकेको छैन । कार्यपालिकाका सदस्यहरूबाट बैठक मागसमेत भएकोमा बैठक आह्वान हुन सकेको छैन,” पत्रमा भनिएको छ, “आर्थिक वर्ष २०८२/०८३ को बजेटको सीमा निर्धारणका लागि बैठक आह्वान गर्न तथा आर्थिक वर्षको वार्षिक बजेट समेत नगरसभासमक्ष पेस गर्नुपर्ने अनिवार्य छ । त्यसैले बैठक आह्वानको लागि अनुरोध गरेका छाैँ ।” 

    नगरसभाबाट आर्थिक वर्षको बजेट समयसीमा भित्र पारित नहुदाँ महानगरपालिकाद्वारा सञ्चालित विकास निर्माण, कर्मचारीको पारिश्रमिक, जेष्ठ नागरीकले प्राप्त गर्ने भत्ता, फोहरमैला संकलन तथा विसर्जनमा  साउन १ गतेबाट बजेट अभाव भए असर पर्ने पत्रमा उल्लेख छ ।

    “बैठक आह्वान गरी महानगरपालिकाको विकास निर्माणका योजना, राजश्व संकलन तथा पारिश्रमिक तथा सामाजिक दायित्व निर्वाह गर्ने कार्यका लागि प्रमुखज्यूलाई ध्यानाकर्षण गर्दछौँ,” पत्रमा भनिएको छ ।

    समितिको संयोजक उपमेयर सुनिता डंगोल र सदस्यमा १५ जना कार्यपालिका सदस्य छन् । 


    प्रतिक्रिया दिनुहोस