बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रियसभा: प्रस्ताव स्वीकृत


    हुलाक प्रेस

    • बिहीबार , असार १२ २०८२०५:३३
    राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । 

    त्यसअघि उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुको उठाएको प्रश्नको जवाफ दिदैँ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमुखी र सन्तुलित रहेको बताए । उनले बजेट यथार्थपरक र बजेटका अनुमानले नतिजाप्राप्त हुनसकोस भनेर मन्त्रालयले ध्यान दिएको उल्लेख गरे । 

    उपप्रधानमन्त्री पौडेलले न्यायपूर्ण विनियोजनका पक्षमा रहेर बजेट आएको दाबी गरे ।

    उनले भने, “यो बजेट कार्यान्वयन हुने आधारसहित आएको छ । बजेटको आकार निर्माण गर्दा स्रोत व्यवस्थापनलाई व्यवहारिक रुपमा संयमित र सन्तुलित बनाइएको छ, बजेट निर्माणमा अनुशासन पालना गरिएको छ ।”

     उपप्रधानमन्त्री पौडेलले बजेट कार्यान्वयन अर्थ मन्त्रालयको मात्र नभई समग्र मन्त्रालयको साझा जिम्मेवारी रहेको भन्दै सबैले जिम्मेवारीपूर्वक बजेट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । 

     उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा राष्ट्रियसभा सदस्यहरु उर्मिला अर्याल, पदमबहादुर परियार, गोपाल भट्टराई, शेखरकुमार सिंह, भुवनबहादुर सुनार, तुलसा दहाल, गोपीबहादुर सार्की अछामी र सुमित्रा बिसीले धारणा व्यक्त गरेका थिए । 

    सभाको अर्को बैठक यही असार १५ गते आइतबार अपरान्ह १२ बजेर १५ मिनेटमा बस्नेछ ।
    रासस


    प्रतिक्रिया दिनुहोस