काठमाडौं । भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१० घर भएका एड्भिका टर्स एण्ड ट्राभल्सका सञ्चालक ३२ वर्षीय बुद्ध लामा, र हुम्लाको सर्केगाड गाउँपालिका–६ घर भएका २६ वर्षीय कमलराज हमाल छन्।
यी दुई जनासँगै भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ३६ पुगेको छ।