शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • डोल्पामा पहिरो, भेरी करिडोर अवरुद्ध


    हुलाक प्रेस

    • शुक्रबार, असार १३ २०८२१०:२१
    डोल्पामा पहिरो, भेरी करिडोर अवरुद्ध

    काठमाडौं । डोल्पामा भेरी करिडोर अवरुद्ध भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ र ठुलीभेरी नगरपालिका–३ मा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    शुक्रबार (असार १३) बिहान करिब साढे ८ बजे लेदोसहितको पहिरो खस्दा भेरी करिडोरअन्तर्गत ती स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    त्रिपुरासुन्दरी–३, सुपानी र भित्ती भन्ने स्थानमा लेदोसहितको पहिरो खसेको छ । ठुलीभेरी–३ मा पनि विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस