काठमाडौँ । नुवाकोटमा गएराति सुतेकै ठाउँमा बाढीले बगाउँदा महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान् गम्भीर घाइते भएका छन् ।
नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार गएराति नुवाकोटको ककनी गाउँपालिका-१, भसिबुस्थित बिमचना खोलामा आएको बाढीले गोठ बगाउँदा त्यसमा श्रीमान्सँगै सुतिरहेकी ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन् ।
उनका पति अशोक बलामी भने बाढीमा परी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।