शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी


    हुलाक प्रेस

    • शुक्रबार, असार १३ २०८२०६:४१
    एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

    २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।


    प्रतिक्रिया दिनुहोस