बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अर्को हप्ताभित्र गाजामा युद्धविराम हुनसक्ने ट्रम्पको संकेत


    हुलाक प्रेस

    • शनिबार, असार १४ २०८२०१:२२
    अर्को हप्ताभित्र गाजामा युद्धविराम हुनसक्ने ट्रम्पको संकेत

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा अर्को हप्ताभित्र युद्धविराम हुनसक्ने बताएका छन् । 

    गाजामा इजरायल र हमासबीचको युद्धविरामबारे ह्वाइट हाउसको ओभल अफिस कार्यालयमा पत्रकारहरूसँग ट्रम्पले गाजाको स्थितिलाई भयानक भन्दै अर्को हप्ताभित्र युद्धविराम हुने बताए हुन् ।  

    ट्रम्पले आफूले सम्बन्धित केही व्यक्तिहरूसँग हालसालै कुरा गरेको पनि बताए, तर को–कोसँग कुरा गरेको भन्नेबारे भने स्पष्ट पारेनन् ।

    “हामीलाई लाग्छ अर्को हप्ताभित्र युद्धविराम हुनेछ,” राष्ट्रपतिले भने । गाजामा मानवीय संकट गहिरिँदै गएको अवस्थामा ट्रम्पको यो भनाइ आएको हो ।

    ट्रम्प प्रशासनले गाजामा मानवीय सहायता वितरणका लागि पनि काम गरिरहेको छ । उनले अमेरिकाले गाजामा ठूलो मात्रामा पैसा र खाद्यान्न पठाइरहेको उल्लेख गरे ।

    ट्रम्पको यो टिप्पणीले द्वन्द्वको समाधानका लागि नयाँ आशा जगाएको छ । यद्यपि, युद्धरत पक्षहरूबाट कुनै औपचारिक पुष्टि आएको छैन । अलजजिरा 


    प्रतिक्रिया दिनुहोस