शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दुई मोटरसाइकल आपसमा ठोकिँदा बाबुछोरासहित ३ जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, असार १५ २०८२११:१८
    दुई मोटरसाइकल आपसमा ठोकिँदा बाबुछोरासहित ३ जनाको मृत्यु

    काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । 

    गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारका क्रममा सबैको मृत्यु भएको हो । दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस