शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध


    हुलाक प्रेस

    • आइतबार, असार १५ २०८२०२:३१
    बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
    फाइल तस्बिर
     
    मध्यविन्दु (नवलपरासी) । बुटवल(नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । 
     
    विनयी त्रिवेणी गाउँपालिका(१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीबर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । 
     
    “अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ”, उनले भने ।
     
    उनका अनुसार वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको हो । “अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ”, प्रहरी उपरीक्षक ढकालले भने । 
     
    निरन्तरको वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि पटकपटक बगाउँदै आएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस