काठमाडौं । सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
कोषले एक सूचना प्रकाशित गर्दै नवौं तह (उपनिर्देशक) देखि चौथो तहसम्मका लागि दरखास्त मागेको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले कोषको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिनसक्ने कोषले बताएको छ ।
