शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ


    हुलाक प्रेस

    • सोमबार, असार १६ २०८२०६:०५
    गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ

    काठमाडौँको गौशलाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।

    प्रहरी वृत्त गौशालाको टोलीले गौशालास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा महोत्तरीका सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन् ।

    सोमबार दिउँसो २ बजेतिर उनीहरुले हतियार लुकाएर राखेको सूचनाका आधारमा तिलगंगामा प्रहरी पुगेको थियो । 

    काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले यहाँस्थित एउटा घरमा डेरा गरी बस्ने २९ वर्षका  सुरेश र २६ वर्षका दिनेशलाई पक्राउ गरेको हो ।

    कोठामा किटक्याट लेखिएको बट्टाभित्र लुकाई छिपाई राखेको अवस्थामा कटुवा पिस्तोल एउटा र म्यागजिन २ थान बरामद गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।


    प्रतिक्रिया दिनुहोस