शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नागार्जुनका निलम्बित मेयर बस्नेतलाई सम्पत्ति शुद्धिकरण मुद्दामा ८ वर्ष कैद सजाय


    हुलाक प्रेस

    • सोमबार, असार १६ २०८२०६:३४
    नागार्जुनका निलम्बित मेयर बस्नेतलाई सम्पत्ति शुद्धिकरण मुद्दामा ८ वर्ष कैद सजाय

    काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष तीन महिना कैद सजाय तोकिएको छ ।

    सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै ‍भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०(१) बमोजिम थप ३ महिना कैद सजायको फैसला गरेको हो । अदालतले बस्नेतबाट २६ करोड २५ लाख रुपैयाँ सम्पत्ति जफतको फैसला गरेको छ । 

    बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते मुद्दा दायर गरेको थियो ।

    उक्त मुद्दामा बस्नेतसहित कँडेल पनि दोषी ठहर भएका थिए । अदालतले निलम्बित मेयर बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ ।


    प्रतिक्रिया दिनुहोस