बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गाजामा ६० दिने युद्धविरामका लागि सर्तहरूसहित इजरायल सहमत !


    हुलाक प्रेस

    • बुधबार, असार १८ २०८२१०:२४
    गाजामा ६० दिने युद्धविरामका लागि सर्तहरूसहित इजरायल सहमत !

    काठमाडौं । इजरायलले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै प्रस्तावित ६० दिने युद्धविरामको अवधिमा सबै पक्षहरूसँग मिलेर युद्ध अन्त्य गर्न काम गर्ने बताएका छन् । तर, उनले इजरायलले राखेका सर्तहरू केके छन् भन्ने प्रष्ट पारेका छैनन् । 

    “कतारी र इजिप्टवासीहरू जसले शान्तिको लागि कडा मिहिनेत गरेका छन्, उनले यो अन्तिम प्रस्ताव पेस गर्नेछन् । मलाई आशा छ, हमासले यो सम्झौता स्वीकार गर्नेछ,” ट्रम्पले लेखेका छन्, “योभन्दा राम्रो अवसर आउने छैन । स्थिति झन् खराब मात्र हुनेछ ।” 

    इजरायलले गाजामा सैन्य अभियान सुरु गरेयता कम्तीमा ५६ हजार ६४७ मानिस मारिएको गाजाको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    ट्रम्पको यो घोषणा अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटअघि आएको हो । बीबीसी

     


    प्रतिक्रिया दिनुहोस