शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चार ठाउँमा खसेको पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध


    हुलाक प्रेस

    • बुधबार, असार १८ २०८२११:१९
    चार ठाउँमा खसेको पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध

    काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

    गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

    तातोपानी डाँडा र बालुवा खानीमा आज बिहान करिब ५ बजेतिर पहिरो खसेको थियो । पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायव निरीक्षक धनबहादुर तामाङ नेतृत्वको टोली खटिएको छ ।

    बाटो खुलाउनका लागि रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरो झरेको स्थान इलाका प्रहरी कार्यालय टिमुरेबाट अन्दाजी ३ किलोमिटर दक्षिणमा पर्दछ ।

    यसैगरी फ्याङलुङ र लिङलिङमा बिहान करिब ३ बजेतिर पहिरो खसेको थियो । सो ठाउँमा स्याफ्रुबेंशीबाट प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर थापा नेतृत्वको टोली खटिएको छ । सो टोलीले पनि बाटो खुलाउन पहल गरिरहेको प्रहरीले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस