काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई इलाम प्रहरीले ४५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–५ बस्ने वर्ष ७६ को तील बहादुर गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गुरुङविरुद्ध जिल्ला अदालत इलामबाट २०३८ साल जेठ १२ गतेको फैसलाले १० वर्ष कैद तोकिएको थियो ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष टोलीले सन्दकपुर गाउँपालिका–५ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई जिल्ला कारागार इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक संजिव बोगटीले जनाएका छन् ।