शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , असार १९ २०८२०२:२७
    खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

    चन्द्रपुर (रौतहट) ।  रौतहटमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर(२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

    खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए । उनका अनुसार मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस