बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विदेश पठाइदिन्छु भनी ८० लाख ठग्ने पाकिस्तानी र अजरबैजानीका नागरिक पक्राउ


    हुलाक प्रेस

    • बुधबार, असोज १७ २०८००७:०७
    विदेश पठाइदिन्छु भनी ८० लाख ठग्ने पाकिस्तानी र अजरबैजानीका नागरिक पक्राउ

    काठमाडौं । विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ परेका छन्।

    वैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाइदिन्छु भनी वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाइ विश्वासमा पारेर ठगी गरेको आरोपमा प्रहरीले पाकिस्तानी नागरिक नाजिर मोहम्मद र अजरबैजाानी नागरिक आयसेल हुसेनिललाई पक्राउ गरेको हो।

    पीडितहरूले ठगिएको जाहेरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ठमेलको एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। कार्यालयले थप अनुसन्धानका लागि पक्राउ परेका दुवै विदेशी नागरिकलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।


    प्रतिक्रिया दिनुहोस