बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालिकालाई यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, पुस ६ २०८००१:००
    बालिकालाई यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना पक्राउ

    काठमाडौं । बालबालिकालाई ललाइफकाइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएको अभियोगमा काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ  पर्नेमा नुवाकोट तादी गाउँपालिका६ घर भइ टोखा नगरपालिका ९ नयाँबसपार्क बस्ने २४ वर्षीय सुमन तामाङ रहेको प्रहरीले जनाएको छ । 

    होटल सञ्चालकले बालबालिकालाई होटल र गेष्ट हाउसमा राखेर जबरजस्ती वेश्यावृत्ति तथा यौनजन्य कार्यमा संलग्न गराएको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोलीले छापा मारेको थियो ।  

    प्रहरीले ४ जना बालिकाहलाई उद्धार पनि गरेको छ । 

    थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # #arrest
  • प्रतिक्रिया दिनुहोस