शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन तथा उपदान नपाउने


    हुलाक प्रेस

    • शुक्रबार, असार २० २०८२०६:१०
    साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन तथा उपदान नपाउने

    काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूले पेन्सन तथा उपदान नपाउने भएका छन् । 

    अर्थ मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अबदेखि नियुक्त हुने कर्मचारीले पेन्सन तथा उपदान सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने जनाएको हो । 

    अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ । 

    योगदनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने पनि अर्थ मन्त्रालयले स्पष्ट पारेको छ।

    अहिले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योजनानामा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तिभरण कोष ऐन, २०७५’ कार्यान्वयनमा छन् ।

    जसअनुसार २०७५ सालदेखि योगदानमा आधारित समाजिक सुरक्षा प्रणाली लागू गरिएको थियो ।


    प्रतिक्रिया दिनुहोस