बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • संबैधानिक पदाधिकारीबारे सर्वोच्चले गरेको फैसलामा कांग्रेस बैठकमा उठ्यो प्रश्न


    हुलाक प्रेस

    • आइतबार, असार २२ २०८२०३:२०
    संबैधानिक पदाधिकारीबारे सर्वोच्चले गरेको फैसलामा कांग्रेस बैठकमा उठ्यो प्रश्न

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संवैधानिक अंगका पदाधिकारीबारे हालै सर्वोच्च अदालतले गरेको फैसला माथि प्रश्न उठेको छ ।

    कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले सर्वोच्च अदालतले गरेको फैसला संविधानको सर्वोच्चता माथिको प्रहार भएको बताएका छन् । ‘संवैधानिक पदहरुमा भएको नियुक्तिबारे हालै सर्वोच्च अदालतले गरेको फैसला संवैधानिक सभाद्वारा निर्मित संविधानलाई कमजोर बनाएको छ’, अदालतको फैसलामाथि बोल्न पार्टी नेतृत्वलाई आग्रह गर्दै भने, ‘संविधानको सर्वोच्चतामाथि प्रहार भएको छ । यसबारे केही बोलौं ।’

    सर्वोच्चले संवैधानिक निकायमा तत्कालीन केपी शर्मा ओलीले गरेको नियुक्तिलाई मान्यता दिएको थियो ।


    प्रतिक्रिया दिनुहोस