शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चीनबाट आएको बाढीले मितेरी पूल बगायो, नेपालको चीनसँगको सम्पर्क टुट्यो


    हुलाक प्रेस

    • मंगलबार, असार २४ २०८२०७:३०
    चीनबाट आएको  बाढीले मितेरी पूल बगायो, नेपालको चीनसँगको सम्पर्क टुट्यो

    काठमाडौं । चीनबाट आएको बाढीका कारण रसुवामा ठूलो क्षति पुगेको छ । बाढीका कारण मितेरी पूल बगाएको प्रहरीले जनाएको छ ।

    रसुवाका डीएसपी हेमबहादुर शाहीका अनुसार त्यहाँ रहेको सुक्खा बन्दरगाहमा पूरा क्षति पुगेको छ भने चीनसँग जोड्ने पूल बगाएको छ । त्यहाँ कैयौँ मालबाहक कन्टेनर पुरिएका छन् । कैयौँ सवारीसाधन बगाएको छ । 

    ती सवारीसाधनभित्रै सुतेका केही बगाएको आशंका गरिएको पनि पुष्टि हुन सकेको छैन । बिहान सवा ३ बजेतिर भोटेकोशीमा आएको बाढीका कारण नेपाल– चीन जोड्ने मुख्य मितेरी पुलमा समेत क्षति पुगेको जनाइएको छ ।

    राष्ट्रिय विपद् प्राधिकरणका अनुसार बिहान सवा ३ बजेतिर बाढी आएको थियो । प्राधिरणकले सामाजिक सञ्जालमार्फत् भनेको छ,“छिमेकी चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा आज बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ। त्यसैगरी, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको छ।हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित गरिन्छ।”
     


    प्रतिक्रिया दिनुहोस