काठमाडौँ । रसुवामा गएराति भोटेकोशीमा आएको भीषण बाढीले पुल, सडक घर तथा मान्छेहरू बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारीअनुसार गाेसाइँकुण्ड गाउँपालिका-२ मा चीनतर्फबाट आएको भोटेकोसीको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। त्यहाँ रहेका गाडीहरू पनि बगाएको छ ।
‘केही मान्छेहरू पनि बगाएको खबर आएको छ, अहिले के कति हताहत वा क्षति बताउन सकिने स्थिति छैन, हामी त्यसकै खोजी तथा उद्धारमा लाग्दै छौँ’, एक प्रहरीले भने ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।