शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भोटेकोशी उर्लदाँ नेपाल -चीन सीमा क्षेत्रमा बाढी


    हुलाक प्रेस

    • मंगलबार, असार २४ २०८२०७:५४
    भोटेकोशी उर्लदाँ  नेपाल -चीन सीमा क्षेत्रमा बाढी

    काठमाडौँ । नेपाल चीन सीमा क्षेत्र आज बिहान आएको बाढीले ठुलो मात्रामा भौतिक संरचनामा क्षति पुर्‍याएको छ । भीषण वर्षासँगको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ ।

    यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको  बताए । साथै भन्सार यार्डमा रहेका केही मानिस पनि वेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ । तर, आधिकारिक रुपमा पुष्टी हुन भने बाँकी छ ।

    rasuwa miteri pull.jpg

    rasuwa badi.jpg

    badi2.png


    प्रतिक्रिया दिनुहोस